ऐतिहासिक ओइती मेलाको उद्घाटन

रोल्पा,२१ कार्तिक-गंगादेव १ ओतको ऐतिहासिक ओइती मेलाको एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।परा पुर्वकाल देखि लाग्दै आएको ऐतिहासिक मेला अहिलेपनी भव्यताका साथ उद्घाटन गरिएको छ ।

जनशक्ति मेन पावर काठमाडौका डाइरेक्टर मोहन महरको अध्यक्षता एवम् गंगादेव गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष रिता घर्ती,माडी १ का वडा अध्यक्ष आम बहादुर घर्ती,गंगादेव १ का वडा अध्यक्ष अजमत डागी,रेडियो माडी आवाज घर्तिगाउ रोल्पाका स्टेशन म्यानेजर बुद्धिमान वली,विभिन्न बिद्यालयका अध्यक्ष तथा प्रधानाध्यापक,आमा समुह,स्थानीय क्लबका अध्यक्ष लगाएतको उपस्थित रहेको थियो ।
ऐतिहासिक मेला बिहिवार उद्घाटन भएपनी २२ गते शुक्रवार लोक गायक राजु परियार,राधिका हमाल,हरि डिसी,बिरेन्द्र खड्कालगाएत कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । राष्ट्रिय माद्यामिक बिद्यालयको प्राङ्गणमा भैरहेको कार्यक्रममा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन भैरहेका छन ।
मेला व्यवस्थापक बुद्धिसिङ वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन एन्जिसन केसीले गर्नुभएको थियो । मेला २३ गतेसम्म रहनेे छ ।