काठमाडौ बाट रोल्पा फर्केका १०१ जना मजदुरहरु क्वारेन्टाइनमा

रोल्पा-उर्जामन्त्री वर्षमान पुन र संघीय सांसद जयपुरी घर्ती मगरको पहलमा राजधानी लगायत देशका विभिन्न स्थानहरुमा अलपत्र परेका रोल्पाली मजदुरहरुको उद्दार कार्य भइरहेको छ।आजको दिन मात्र काठमाडौ बाट माडी गाउपालिका भाबाङमा १०१ जना मजदुरहरु पुगेका छन।र बाकी आउदै आउने क्रम जारी छ।अहिलेसम्म उक्त वडामा त्यहाका स्थानिय अन्तर जिल्ला तथा गाउपालिकाका गरि १३६ जना व्यक्तिहरु क्वारेन्टाइनमा बसेका छन।र अहिले थपिरहेकाहरुको लागि क्वारेन्टाइनको ब्यबस्था गर्न हम्मेहम्मे परेको तर जनतालाई सुरक्षीत तरिकाले क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने उक्त वडाका वडा अध्यक्ष बसन्त मगरले प्रतिबद्धता गर्नुभएको छ।



क्वारेन्टाइनमा दैनिक स्वास्थ्य जाँच गरिन्छ।१४ औ दिनमा र्‍यापिड टेष्ट गरि नतिजा नेगेटिभ देखिए पछि थप एक हप्ता होम क्वारेन्टाइनमा बस्ने सल्लाह दिएर उनिहरुलाई बिदाई गरिन्छ।आजसम्म ५ जना व्यक्ती १४ दिन क्वारेन्टाइनमा बसेर नतिजा नेगेटिभ आएपछि घर फर्किएका छन।साथै उक्त गाउपालिका तथा वडाहरुमा दैनिक ज्याला मजदुरी गरेर खाने वर्गहरुको लागि राहत पनि बाडिरहेको जनप्रतिनिधि मगरले जानकारी दिनुभएको छ।