किरण बाबु पुनको ‘हजुरको दैलोमा’ बजारमा (भिडियोसहित)

काठमाडौं । चर्चित लोकसर्जक किरण बाबु पुनको दशैंतिहार विशेष गीत ‘हजुरको दैलोमा’ बजारमा आएको छ । मौलिक, कला, संस्कृति र भेषभुषालाई जर्गेना गर्दै गायक तथा सर्जक किरण बाबु पुनको तिहार सम्बन्धि गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

सार्वजनिक गीतको भिडियोलाई शंकरा डिजिटल स्टुडियोले व्यवस्थापन गरेको छ, जसलाई गायक किरण बाबु पुनको पर्सनल यूट्यूब च्यानल मार्फत बजारमा ल्याईएको हो।

उक्त गीतमा गायक तथा सर्जक किरण बाबु पुनको शब्द रहेको छ भने गायक पुनले नै संगीत भरेका छन् । गीतमा गायक किरण बाबु पुन, तुलसी घर्ती, करिश्मा घर्ती, तुलसा पुन र वीरता पुनको आवाज रहेको छ ।

गीतको भिडियोमा अथार मगरात कलाकार संघको मौलिक भेषभुषा सहितको अभिनय रहेको छ । गीतलाई केशव बडुले एरेन्ज गरेका छन् भने कुमार सानु पुनले मिक्सिङ गरेका छन् । भिडियोको निर्देशन खबपु चञ्चल मगरले गरेका छन् । सागर गौतम राजेश बिसीले छायांकन गरेको भिडियोलाई राजकुमार मगरले सम्पादन गरेका छन् ।

नेपालीका आ-आफ्नै सस्कृति र भेषभुषा छन अथार मगरातको सस्कृति र भेषभुषालाई समेटेर तिहारको कोसेली स्वरुप पहिलो पटक देउसी भैलो गीत ल्याएका हुन् ।भिडियाे