गङगादेव गा.पा तेस्राे अध्यक्ष रनिङ सिल्ड प्रतियोगिता फागुन १ गत्तेबात संचालन गरिने

माघ २४,राेल्पा – गङगादेव गाउँपालिका तेस्रो अध्यक्ष रनिङ सिल्ड प्रतियोगिता २०७६ वडा नम्बर १ ओत हुने भएको छ ।

उक्त प्रतियोगिता संचालनकाे लागि वडा नम्बर ३ का अध्यक्ष जलेश केसिको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको छ ।

सदस्यमा सबै वडा अध्यक्ष ,कार्यपालिकाबाट १ जना सदस्य , गाउँपालिका बिषयगत शाखाका प्रमुख , खेलकुद समितिका सदस्यको प्रतिनिधित्व गराएर समिति गठन गरिएको छ । २०७६ फागुन १ गत्तेबाट आयोजना हुने कार्यक्रमको परिचालन समिति मार्फत तयारी थालिएको छ ।