गजल । लकडाउन

लकडाउनमा धेरै धुकचुक बाेकेर बसेकाे छु ।
भाेलि के हुन्छ खै तमसुक बाेकेर बसेकाे छु ।

आधा आकाश रुदै गर्दा, म कसरी हाँसु ?
सबै तिरकाे उस्तै स्थिति नाजुक बाेकेर बसेकाे छु ।

सरकार भित्र म भित्र केही भन्ने अवस्था छैन
अन्याेलमा फसेकाे मुलुक बाेकेर बसेकाे छु ।

बदलिँदो प्रस्थितिकाे कुनै आधार भेटेन
मानवता हराएको समयलाई थुक्न थुक बाेकेर बसेकाे छु ।

माहामारी काेराेनाकाे समाचार सुन्न कि भ्रष्टाचारीकाे ?
अस्पताल जान्न जेल जान्छु, बन्दुक बाेकेर बसेकाे छु ।

खड्क बहादुर पुन मगर (खबपु चन्चल)