डकुमेन्ट्री चिनियाँ सैन्य परेड २०१९ काठमाडौंमा प्रदर्शित

काठमाडौं,पुस १३ – काठमाडौंको कुमारी हलमा डिसेम्बर २७ देखि दुई दिने चिनियाँ चलचित्र महोत्सव सुरु भएको छ । चिनियाँ दूतावास र विश्व सांस्कृतिक संघ नेपालको सहकार्यमा सुरु भएको महोत्सवको उद्घाटन कार्यक्रम पश्चात गणतन्त्र चीन स्थापनाको ७० औँ बर्षगाँठको अवसरमा नेपाली भाषामा तयार पारिएको चिनियाँ सैन्य परेडको एक डकुमेन्ट्री समेत देखाइएको छ । चाइना मिडिया ग्रूपबाट उत्पादन तथा अनुवादन गरिएको सो डकुमेन्ट्रीको विदेशी संस्करण दक्षिण एशियाका सिनेमाघरमा प्रसारण गरिएको यो पहिलो पटक हो ।

नेपाली भाषामै सो डकुमेन्ट्री हेर्न पाएपछि नेपाली दर्शकहरू निकै उत्साहित भएका थिए । दर्शकहरूले नयाँ चीन स्थापनाको ७० औँ बर्षगाँठको अवसरमा मनाइएको समारोह तथा चिनियाँ सैन्य परेड ठूलो पर्दामा हेर्नुको अनुभव अविस्मरणीय रहेको बताए । एक नेपाली दर्शकले यसरी प्रतिक्रिया दिए – सोही दिन इन्टर्नेटबाट मैले प्रत्यक्ष प्रसारण हेरेको थिएँ तापनि आज नेपाली भाषामै र ठूलो पर्दामा हेर्नपाउँदा निकै आश्चर्य पनि लाग्यो ।