तिब्बतमा अध्यागमन सेवा र व्यवस्थापन अध्ययन गर्न नेपाली टोली

काठमाडौं,मंसिर १५-एक हप्ता जारी “सन् २०१९ नेपाल अध्यागमन सेवा र व्यवस्थापन सम्बन्धी संगोष्ठी” डिसेम्बर १ तारिख ल्हसामा सम्पन्न भएको छ। नेपाल आन्तरिक मामिला मन्त्रालय, भन्सार कार्यालय, अध्यागमन व्यूरोका २६ जना सम्बन्धित् कर्मचारीहरु यस पटकको संगोष्ठीमा सहभागी भएका छन्। ती सम्बन्धित् कर्मचारीहरुले ल्हासापछि युन नान प्रान्तको खुन मिङमा डिसेम्बर ८ तारिखसम्म अध्ययन जारी राख्ने बताइएको छ।

तिब्बत विश्वविद्यालयद्वारा आयोजित उक्त संगोष्ठीमा तिब्बत विश्वविद्यालयका खुला शिक्षा कलेजका प्रमुख च्याङ योङ च्येले “सन् २०१९ नेपाल अध्यागमन सेवा र व्यवस्थापन सम्बन्धी संगोष्ठी” नेपाल सरकारले नेपालका लागि चिनियाँ राजदूतावासमार्फत प्रस्ताव गरेको बताउनुभएको छ। उहाँले यस पटकको संगोष्ठीबाट नेपालका सम्बन्धित कर्मचारीहरुले चीनको अवस्था तथा चीनको विकास अनुभवबारे जानकारी पाउने र चीन-नेपाल बीचको केरूङ नाकाको विकास योजनाबारे थप जानकारी पाउनुका साथै नाका सञ्चालनको स्तर सुधार गर्न सहयोग पुग्ने बताउनुभयो।