दुई जलाशययुक्त आयोजना बनाउन चीनले २ खर्ब लगानी गर्ने

असाेज २६,काठमाडौं- चीन सरकार मातहतको चाईना पावरले नेपालका दुई ठूला विद्युत परियोजनामा २ खर्ब बराबरको लगानी गर्ने भएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा रहेका बेला दुई पक्षीय सहमझदारी पत्रमा हस्ताक्षर भएको हो । ऊर्जा जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव दिनेश कुमार घिमिरे लगानी बोर्डका सिइओ महाप्रसाद अिधकारीको सहभागितामा नेपालका तर्फबाट इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) का सिईओ छविराजर पोखरेल र चाईना पावरका उपाध्यक्ष पान जिङ युले हस्ताक्षर गरेका हुन् ।

सहमति अनुसार अव एजआईडिसिएल र चाईना पावरले ५ सय ५६ मेगावाटको जलाशययुक्त तमोर जलविद्युत आयोजना र १ ५६ मेगावाटको रोल्पास्थित माडी जलाशाययुक्त आयोजना अब अघि बढ्नेछन् ।

सरकारले गरेको लगानी सम्मेलनका क्रममा अघि सारिएको यी दुई परियोजनामा लगानी बोर्डले दुवै कम्पनीले निर्माण गर्ने गरी अनुमतिपत्र दिएपछि यसको टुंगो लागेको हो । एमओयू अनुसार दुई वर्षभित्र अध्ययन पूरा गरेर निर्माण चरणमा पुर्याउने उल्लेख छ । एचआइडिसिएल वा पावर चाइना कसले बढी सेयर राख्ने भन्ने विषय खुला रहेकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) मा उक्त विषय खुलाइने प्रमुख कार्यकारी अधिकृत छबिराज पोखरेलले समाचार दैनिकलाई बताए । चिनियाँ राष्ट्रपतिको भ्रमणमा समझदारी भएका दुई आयोजनालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।