नेपाल मगर संघ जैमाकसलाकाे माघ्या राम तथा बृहत सास्कृतिक कार्यक्रमकाे सम्पूर्ण तयारी पूरा

रोल्पा,माघ १ – माघे संक्रान्तिकाे पावन अवसरमा -इतिहास भाषा,धर्म संस्कृति संरक्षण हाम्रो पहिचान,अग्रजकाे सम्मान नयाँ लाई प्रोत्साहन गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ नेपाल मगर संघ सुनछ्हरी गाउँपालिका रोल्पाको आयोजनामा सुनछ्हरी गाउँपालिका वडा नम्बर ५ जैमाकसलाको जैमामा हुन लागिरहेको माघ्या राम तथा बृहत सास्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ ।

माघे रामको उद्घाटन भोलि ठिक ११ बजे हुने छ । नेपाल मगर संघका केन्द्रिय कार्यसमिति सदस्य धनबहादुर पुन मगर,सुनछ्हरी गाउँपालिकाका अध्यक्ष आसबहादुर पुन मगर,नेपाल मगर संघ जिल्ला समन्वय समिति अध्यक्ष कुम्भ पुन मगर लगाएको टिम आएर मेलाकाे उद्घाटन गर्ने सुनछ्हरी गाउँपालिका मगर संघका अध्यक्ष रणबहादुर घर्ती मगरले जानकारी दिनुभएको छ ।

कार्यक्रममा सुनछ्हरी गाउँपालिकाका सात वटै वडा बाट विभिन्न नृत्य, झाकी लिएर विभिन्न युवा क्लब,युवा समुह,आमा समूह, मगर संघको विभिन्न संघसंगठनहरु आउने छ्न ।

कार्यक्रममा सुनछ्हरी गाउँपालिका भित्रका राष्ट्रिय तथा स्थानीय स्तरमा रहेका विभिन्न साहित्यकारहरुले आफ्ना कविताहरु प्रस्तुत गर्ने छ्न भने कलाकारहरुले आफ्नो विभिन्न प्रस्तुतिहरु दिने छ्न । भने आयोजकले वडा स्तर बाट नाचगान लिएर आउने समूह लाई आउन जानको लागि गाडीको व्यवस्था गर्नु को साथै खानाको व्यवस्था गरिएको छ।

कार्यक्रमको लागि आर्थिक सहयोग सुनछ्हरी गाउँपालिकाको कार्यालय पोबाङ,रोल्पा,व्यवस्थापक सुनछ्हरी गाउँपालिका वडा नम्बर ५ जैमाकसला,रोल्पा सह आयोजक नेपाल मगर संघ सुनछ्हरी गाउँपालिका वडा नम्बर ५ वडा समिति एवं नव आदर्श युवा क्लब सुनछहरी गाउँपालिका-५ जैमाकसला रहेका छ्न ।