नेपाल लोकस्टार विजेता शनीलाई रोल्पामा नगर परिक्रमा

कार्तिक १७,रोल्पा –नेपाल लोकस्टार शनी विश्वकर्मालाई गृह जिल्लाको सदरमुकाम लिबाङ परिक्रमा गराइएको छ । लोकस्टार विजेता शनीलाई सम्मान स्वरुप आइतबार बिहान सदरमुकाम लिबाङ बजार परिक्रमा गराइएको हो ।

कात्तिक ८ गते सम्पन्न आइएमइ लोकस्टार पहिलो सिजनको फाइनलमा शनी विजेता बनेका थिए । उनी रोल्पा नगरपालिका–८, जंकोटका स्थायी बासिन्दा हुन् ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज केन्द्रीय समितिले आयोजना गरेको र्याली तथा बधाई कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी, नेकपाका रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र घर्ती लगायत सहभागी थियाे ।