नेपाल लोक स्टारको टप ४ मा शनि विश्वकर्मा

असाेज २३,काठमाडौं-चर्चित लोक गायन रियालिटि शो आइएमई नेपाल लोक स्टारमा रोल्पाका शनि विश्वकर्मा चाराै स्थानमा सुरक्षित भएका छन ।

एपिवान टेलिभिजनबाट प्रसारण भइरहेको लोक स्टारमा अब देखि चार जना प्रतिस्पर्धिको मात्र प्रस्तुति देख्न पाइनेछ । लो स्टारको टप चारमा पुगेसँगै शनि विश्वकर्मा यस्तो लेख्छन् :

सर्बप्रथम त तपाईहरु सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।
आज म नेपाल लोकस्टारको टप ४ पुग्न सफल भएको छु ।
यतिखेर मैले सबैलाई धेरैधेरै सम्झीरहेको छु। जसले मलाई यसरी साथ सहयोग अनि अपार माया गरेर देश बिदेशबाट आफुले सकेको भोट सपोर्ट गर्दै यहाँ सम्म पुर्याईदिनु भएको छ। यसका लागि म हजुरहरु प्रती आभारी छु। अब छिट्टै अर्को हप्ता Grand Finale मा जाने (टप – ०३) का लागि प्रतिस्पर्धा हुनेछ। तपाईहरु सबैको यस्तै माया साथ सहयोग निरन्तरताको अपेक्षा गरेको छु !!

सबैको पर्खाईमा रहेको त्यो समय एकदमै नजिक आउदैछ। जुन घडीको सुई तपाईको साथ सहयोग बिना चल्न सक्ने सम्भवना छैन। अबको समयमा मलाई तपाईको भोटको साथै सल्लाह सुझाबको पनि उत्तिकै आवश्यक परेको हुदा मलाई आफ्नै छोरा चेला भाई सम्झेर मैले अगाडी बढन के गर्नुपर्छ त्यो कुरा ( म्यासेज कमेन्ट र फोन )जुनसुकै माध्यामबाट भएपनि म सम्म पुर्याईदिनु होला ।