याेग तथा प्राणायाम एवं ध्यान, धारणा, समाधिः विस्तृत जानकारी

काठमाडाैँ । याेगका विषयमा वेद,उपनिषद तथा गीतामा यथेष्ट प्रकाश पारिएकाे भए पनि अाधृनिक कालमा महर्षि पतञ्जलि र गुरु गोरखनाथले तितरबितर भएकाे याेग विद्यालार्इ व्यवस्थित रूपमा लिपिबद्ध गरी याेगलार्इ बर्तमान स्वरूपमा ल्याएका हुन्। योग हिन्दू धर्मका छ दर्शनमध्ये एक हाे। ती छ दर्शनहरू-

१.न्याय २.वैशेषिक ३.मीमांसा ४.सांख्य ५.वेदान्त र ६.योग हुन्। त्यसैले अब अाउनुहाेस् याेगका बारेमा अाद्याेपान्त जानकारी हासिल गराैँः

योगका मुख्य अंग:- यम, नियम, अंग सञ्चालन, आसन, क्रिया, बंध, मुद्रा, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि। यसका अलावा योगका प्रकार, याेगाभ्यासका बाधाहरू, योगकाे इतिहास, योगका प्रमुख ग्रन्थ।

योगका प्रकार:- १.राजयोग, २.हठयोग, ३.लययोग, ४. ज्ञानयोग, ५.कर्मयोग र ६. भक्तियोग। यसका साथै बहिरंग योग, नाद योग, मन्त्र योग, तन्त्र योग, कुण्डलिनी योग, साधना योग, क्रिया योग, सहज योग, मुद्रायोग, र स्वरयोग आदि योगका अनेक आयामहरूकाे चर्चा गरिन्छ तर यी सबै याेगहरू माथि उल्लिखित छ प्रकारमा नै समाहित छन्।

१.पाँच यम:- १.अहिंसा, २.सत्य, ३.अस्तेय, ४.ब्रह्मचर्य र ५.अपरिग्रह।

२.पाँच नियम:-१.शौच, २.सन्तोष, ३.तप, ४.स्वाध्याय र ५.ईश्वर प्राणिधान।

३.अंग सञ्चालन:- १.शवासन, २.मकरासन, ३.दण्डासन र ४. नमस्कार मुद्रामा अंग सञ्चालन गर्ने गरिन्छ जसलार्इ सूक्ष्म व्यायाम भनिन्छ। यस अन्तर्गत आँखा, कुहिनाे, घुँडा, कम्मर, अाैँला, पञ्जा, मुख आदि अंगहरूकाे कसरत गर्ने गरिन्छ।

४.प्रमुख बंध:- १.महाबंध, २.मूलबंध, ३.जालन्धरबंध र ४.उड्डियान।

५. प्रमुख अासनः कुनै पनि अासनकाे सुरूवात सुतेर अर्थात् शवासन (चित्त एकाग्र) र मकरासन (औंधा सुतेर) मा र बसेर अर्थात् दण्डासन र वज्रासनमा, उठेर अर्थात् सावधान मुद्रा वा नमस्कार मुद्राबाट हुन्छ। यहाँ सबै किसिमका अासनका नाम दिइएकाे छ।

१.सूर्यनमस्कार २.आकर्णधनुष्टंकारासन ३.उत्कटासन ४.उत्तान कुक्कुटासन, ५.उत्तानपादासन ६.उपधानासन ७.ऊर्ध्वताड़ासन ८.एकपाद ग्रीवासन, ९.कटि उत्तानासन १०.कन्धरासन ११.कर्ण पीड़ासन १२.कुक्कुटासन १३.कुर्मासन १४.कोणासन १५.गरुड़ासन १६.गर्भासन १७.गोमुखासन १८.गोरक्षासन १९.चक्रासन २०.जानुशिरासन २१.तोलांगुलासन २२.त्रिकोणासन २३.दीर्घ नौकासन २४.द्विचक्रिकासन २५.द्विपादग्रीवासन २६.ध्रुवासन २७.नटराजासन २८.पक्ष्यासन २९.पर्वतासन ३०.पशुविश्रामासन, ३१.पादवृत्तासन ३२.पादांगुष्टासन ३३.पादांगुष्ठनासास्पर्शासन ३४.पूर्ण मत्स्येन्द्रासन ३५.पॄष्ठतानासन ३६.प्रसृतहस्त वृश्चिकासन ३७.बकासन, ३८.बध्दपद्मासन ३९.बालासन ४०.ब्रह्मचर्यासन ४१.भूनमनासन ४२.मंडूकासन ४३.मर्कटासन ४४.मार्जारासन ४५.योगनिद्रा ४६.योगमुद्रासन ४७.वातायनासन ४८.वृक्षासन ४९.वृश्चिकासन ५०.शंखासन ५१.शशकासन ५२.सिंहासन ५३.सिद्धासन ५४.सुप्त गर्भासन ५५.सेतुबंधासन ५६.स्कंधपादासन ५७.हस्तपादांगुष्ठासन५८.भद्रासन ५९.शीर्षासन ६०.सूर्य नमस्कार ६१.कटिचक्रासन ६२.पादहस्तासन ६३.अर्धचन्द्रासन ६४.ताडासन ६५.पूर्णधनुरासन ६६.अर्धधनुरासन ६७.विपरीत नौकासन ६८.शलभासन ६९.भुजंगासन ७०.मकरासन ७१.पवन मुक्तासन ७२.नौकासन ७३.हलासन ७४.सर्वांगासन ७५.विपरीतकर्णी आसन ७६.शवासन ७७.मयूरासन ७८.ब्रह्म मुद्रा ७९.पश्चिमोत्तनासन ८०.उष्ट्रासन ८१.वक्रासन ८२.अर्ध-मत्स्येन्द्रासन ८३.मत्स्यासन ८४.सुप्त-वज्रासन ८५.वज्रासन ८६.पद्मासन आदि।

६.प्राणायाम: प्राणायामका पञ्चक:- १.व्यान, २.समान, ३.अपान, ४.उदान र ५.प्राण।
प्राणायामका प्रकार:- १.पूरक, २.कुम्भक र ३.रेचक। यसैलार्इ हठयोगी अभ्यान्तर वृत्ति, स्तम्भ वृत्ति र बाह्य वृत्ति भन्दछन्। अर्थात श्वास लिने, रोक्ने र छोड्ने। अन्तर रोक्ने क्रियालार्इ आन्तरिक कुम्भक र बाहिर रोक्ने क्रियालार्इ बाह्म कुम्भक भनिन्छ।

प्रमुख प्राणायाम:- १.नाडीशोधन २.भ्रस्त्रिका ३.उज्जाई ४.भ्रामरी ५.कपालभाती ६.केवली ७.कुंभक ८.दीर्घ ९.शीतकारी १०.शीतली ११.मूर्छा १२.सूर्यभेदन १३.चंद्रभेदन १४.प्रणव १५.अग्निसार १६.उद्गीथ १७.नासाग्र १८.प्लावनी १९.शितायु आदि।

अन्य प्राणायाम:- १.अनुलोम-विलोम प्राणायाम २.अग्नि प्रदीप्त प्राणायाम ३.अग्नि प्रसारण प्राणायाम ४.एकांड स्तम्भ प्राणायाम ५.सीत्कारी प्राणायाम ६.सर्वद्वारबद्व प्राणायाम ७.सर्वांग स्तम्भ प्राणायाम ८.सम्त व्याहृति प्राणायाम ९.चतुर्मुखी प्राणायाम १०.प्रच्छर्दन प्राणायाम ११.चन्द्रभेदन प्राणायाम १२.यन्त्रगमन प्राणायाम १३.वामरेचन प्राणायाम १४.दक्षिण रेचन प्राणायाम १५.शक्ति प्रयोग प्राणायाम १६.त्रिबन्धरेचक प्राणायाम १७.कपाल भाति प्राणायाम १८.हृदय स्तम्भ प्राणायाम १९.मध्य रेचन प्राणायाम २०.त्रिबन्ध कुम्भक प्राणायाम २१.ऊर्ध्वमुख भस्त्रिका प्राणायाम २२.मुखपूरक कुम्भक प्राणायाम २३.वायुवीय कुम्भक प्राणायाम २४.वक्षस्थल रेचन प्राणायाम २५.दीर्घ श्वास-प्रश्वास प्राणायाम २६.प्राह्याभ्न्वर कुम्भक प्राणायाम २७.षन्मुखी रेचन प्राणायाम २८.कण्ठ वातउदा पूरक प्राणायाम २९.सुख प्रसारण पूरक कुम्भक प्राणायाम ३०.नाडी शोधन प्राणायाम तथा नाडी अवरोध प्राणायाम आदि।

७.याेग क्रियाहरूः प्रमुख १३ क्रियाहरू:- १.नेती- सूत्र नेति, घॄत नेति २.धौति- वमन धौति, वस्त्र धौति, दण्ड धौति ३.गजकरणी ४.बस्ती- जल बस्ति ५.कुंजर ६.न्यौली ७.त्राटक ८.कपालभाति ९.धौंकनी १०.गणेश क्रिया ११.बाधी १२.लघु शंख प्रक्षालन र १३.शंख प्रक्षालयन।

८.मुद्राहरूः छ आसन मुद्राहरू:- १.वेला मुद्रा, २.अश्विनी मुद्रा, ३.महामुद्रा, ४.योग मुद्रा, ५.विपरीत करणी मुद्रा, ६.शोभवनी मुद्रा।
पञ्च राजयोग मुद्राहरू- १.चाचरी, २.खेचरी, ३.भोचरी, ४.अगोचरी, ५.उन्न्युनी मुद्रा।

१० हस्त मुद्राहरू:- यसका साथै हस्त मुद्राहरूमा प्रमुख दस मुद्राहरू अत्यन्त महत्वपूर्ण छन् जुन यसप्रकार छन् : -१.ज्ञान मुद्रा, २.पृथवि मुद्रा, ३.वरुण मुद्रा, ४.वायु मुद्रा, ५.शून्य मुद्रा, ६.सूर्य मुद्रा, ७.प्राण मुद्रा, ८.लिंग मुद्रा, ९.अपान मुद्रा, १०.अपान वायु मुद्रा।

अन्य मुद्राहरूः १.सुरभी मुद्रा, २.ब्रह्ममुद्रा, ३.अभयमुद्रा, ४.भूमि मुद्रा, ५.भूमि स्पर्शमुद्रा, ६.धर्मचक्रमुद्रा, ७.वज्रमुद्रा, ८.वितर्कमुद्रा, ९.जनाना मुद्रा, १०.कर्णमुद्रा, ११.शरणागतमुद्रा, १२.ध्यान मुद्रा, १३.सुची मुद्रा, १४.ओम मुद्रा, १५.जनाना तथा चीन मुद्रा, १६.अंगुलियां मुद्रा १७.महात्रिक मुद्रा, १८.कुबेर मुद्रा, १९.चीन मुद्रा, २०.वरद मुद्रा, २१.मकर मुद्रा, २२.शंख मुद्रा, २३.रुद्र मुद्रा, २४.पुष्पपूत मुद्रा, २५.वज्र मुद्रा, २६. श्वांस मुद्रा, २७.हास्य बुद्धा मुद्रा, २८.योग मुद्रा, २९.गणेश मुद्रा ३०.डाइनामिक मुद्रा, ३१.मातंगी मुद्रा, ३२.गरुड़ मुद्रा, ३३.कुंडलिनी मुद्रा, ३४.शिव लिंग मुद्रा, ३५.ब्रह्मा मुद्रा, ३६.मुकुल मुद्रा, ३७.महर्षि मुद्रा, ३८.योनी मुद्रा, ३९.पुशन मुद्रा, ४०.कालेश्वर मुद्रा, ४१.गूढ़ मुद्रा, ४२.मेरुदंड मुद्रा, ४३.हाकिनी मुद्रा, ४४.कमल मुद्रा, ४५.पाचन मुद्रा, ४६.विषहरण मुद्रा वा निर्विषिकरण मुद्रा, ४७.आकाश मुद्रा, ४८.हृदय मुद्रा, ४९.जाल मुद्रा आदि।

९.प्रत्याहारः इन्द्रियहरूलार्इ विषय विमुख गराउने प्र्रकरियालार्इ नै प्रत्याहार भनिन्छ । इन्द्रियहरूले मनुष्यलार्इ बाहिरी विषयहरूमा अल्झाएर राख्छन्। प्रत्याहारकाे अभ्यासबाट साधक अन्तर्मुखी स्थिति प्राप्त गर्दछ। जसरी एउटा कछुवा अाफ्नाे अंगहरूलार्इ समेट्छ ठीक त्यसरी नै प्रत्याहरी मनुष्य पनि त्यस्तै स्थितिमा रहन्छ। यम नियम, आसान, प्राणायामकाे साधना गर्नाले प्रत्याहारकाे स्थिति उपस्थित हुन्छ।

१०.धारणाः चित्तलार्इ एक विशेष स्थानमा ध्यान केन्द्रित गर्नु नै धारणा हाे । प्रत्याहार गरिसकेपछि स्वत: नै धारणा घटित हुन्छ। धारणा धारण गरिएकाे चित्त जस्ताेसुकै धारणा वा कल्पना गर्दछ, हाे त्यस्तै नै घटित हुन थाल्दछ। यदि यस्ताे व्यक्ति कुनै एक कागजलार्इ हातमा लिएर याे कागज जलाेस् भन्ने साेच्छ भने त्यस्तै घटना त्यहाँ घटित हुनेछ।

११ ध्यानः जब ध्येय वस्तुकाे चिन्तन गर्दा चित्त तद्रूप हुन जान्छ भने त्यसलार्इ ध्यान भनिन्छ। पूर्ण ध्यानकाे स्थितिमा कुनै अन्य वस्तुकाे ज्ञान अथवा त्यसकाे स्मृति चित्तमा प्रविष्ट हुँदैन।
ध्यानका रूढ प्रकार:- स्थूल ध्यान, ज्योतिर्ध्यान र सूक्ष्म ध्यान।
ध्यान विधिहरूः श्वास ध्यान, साक्षी भाव, नासाग्र ध्यान, विपश्यना ध्यान आदि हजाराैँ ध्यान विधिहरू छन्।

१२.समाधि: याे चित्तकाे यस्ताे अवस्था हाे जसमा चित्त ध्येय वस्तुकाे चिन्तनमा पूरै लीन हुन जान्छ। योग दर्शन समाधिद्वारा नै मोक्ष प्राप्ति सम्भव मान्दछ।
समाधिका पनि दुर्इ श्रेणीहरू छन् : १.सम्प्रज्ञात र २.असम्प्रज्ञात। सम्प्रज्ञात समाधि वितर्क, विचार, आनन्द र अस्मितानुगत हुन्छ। असम्प्रज्ञात समाधिमा सात्विक, राजस र तामस सबै वृत्तिहरूकाे निरोध हुन जान्छ। यसलार्इ बौद्ध धर्ममा संबोधि, जैन धर्ममा केवल्य र हिन्दू धर्ममा मोक्ष प्राप्त गर्नु भन्दछन्। यसलार्इ सामान्य भाषामा मुक्ति भनिन्छ।

पुराणहरूमा मुक्तिका ६ प्रकार बताइएकाे छ जुन यसप्रकार छन्- १.साष्ट्रि, (ऐश्वर्य), २.सालोक्य (लोककाे प्राप्ति), ३.सारूप (ब्रह्मस्वरूप), ४.सामीप्य, (ब्रह्मकाे नजिक), ५.साम्य (ब्रह्म जस्तै समानता) ६.लीनता वा सायुज्य (ब्रह्ममा लीन भएर ब्रह्म हुन जानु)।

योगाभ्यासका बाधाहरू: आहार, प्रयास, प्रजल्प, नियमाग्रह, जनसंग र लौल्य। यसैलार्इ सामान्य भाषामा आहार अर्थात् अतिभोजन, प्रयास अर्थात् आसनहरूका साथ जोर-जबरदस्ती, प्रजल्प अर्थात् अभ्यासकाे अाडम्बर, नियामाग्रह अर्थात् योग गर्नलार्इ कडा नियम बनाउनु, जनसंग अर्थात् अधिक जनसम्पर्क र अन्तमा लौल्यकाे अर्थ शारीरिक र मानसिक चञ्चलता

१.राजयोग:- यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि याे पतञ्जलिकाे राजयोगका आठ अंग छन्। यिनीहरूलार्इ अष्टांग याेग पनि भनिन्छ।

२. षट्कर्म,अासन,मुद्रा,प्रत्याहार,ध्यान र समाधिः यी हठयाेगका सात अंग हुन्, तर हठयोगीकाे जोड आसन एवं कुण्डलिनी जागृतिका लागि आसन, बंध, मुद्रा र प्राणायममा ज्यादा हुने गर्छ। यही क्रिया योग हाे।

३.लययाेगःयम, नियम, स्थूल क्रिया,प्रत्याहार, धारणा, ध्यान र समाधि यिनीहरू लययाेगका अंग हुन् ।

४.ज्ञानयोग :- साक्षीभाव द्वारा विशुद्ध आत्माकाे ज्ञान प्राप्त गर्नु नै ज्ञान योग हाे। यही ध्यानयोग हाे।

५.कर्मयोग:- कर्म गर्नु नै कर्म योग हाे। यसकाे उद्‍देश्य भनेकाे कर्ममा कुशलता ल्याउनु हाे। यही सहज योग हाे।

६.भक्तियोग :- भक्त श्रवण, कीर्तन, स्मरण, पादसेवन, अर्चन, वंदन, दास्य, सख्य र आत्मनिवेदन रूप- यी नौ अंगहरूलार्इ नवधा भक्ति भनिन्छ। भक्ति योगानुसार व्यक्ति सालोक्य, सामीप्य, सारूप तथा सायुज्य-मुक्ति प्राप्त गर्दछ, यसलार्इ क्रमबद्ध मुक्ति भनिन्छ।

कुण्डलिनी योग : कुण्डलिनी शक्ति सुषुम्ना नाडीमा नाभिकाे तल्लाे भागमा सुतिरहेकाे अवस्थामा हुन्छ जुन ध्यानलार्इ गहिर्याउँदै गएपछि सबै चक्रहरूबाट गुज्रदैं सहस्रार चक्रसम्म पुग्दछ। यी चक्र ७ वटा हुन्छन्:- मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्धि, आज्ञा र सहस्रार। ७२ हजार नाडीहरूमध्ये प्रमुख नाडी तीन छन्: इडा, पिंगला र सुषुम्ना। इडा र पिंगला नासिकाका दुबै छिद्रहरूसँग जाेडिएका हुन्छन् भने सुषुम्ना भ्रकुटीकाे बीच स्थानमा हुन्छ। स्वरयोग इडा र पिंगलाका विषयमा विस्तृत जानकारी दिँदै स्वरहरूलार्इ परिवर्तित गर्न, रोग दूर गर्ने, सिद्धि प्राप्त गर्ने र भविष्यवाणी गर्नेजस्ता शक्तिहरू प्राप्त गर्ने विषयमा गहन मार्गदर्शन गर्दछ। दुबै नासिकाबाट सास चल्नुकाे अर्थ के हाे भने त्याे समयमा सुषुम्ना क्रियाशील छ। ध्यान, प्रार्थना, जप, चिन्तन र उत्कृष्ट कार्य गर्नका लागि यही समय सर्वश्रेष्ठ हुन्छ।

याेगकाे संक्षिप्त इतिहासः
योगकाे उपदेश सर्वप्रथम हिरण्यगर्भ ब्रह्माले सनकादिकहरूलार्इ, पश्चात् विवस्वान (सूर्य) लार्इ दिइयाे। पछि गएर याे दुर्इ शाखाहरूमा विभक्त भयाे। एक ब्रह्मयोग र अर्काे कर्मयोग। ब्रह्मयोगकाे परम्परा सनक, सनन्दन, सनातन, कपिल, आसुर‍ि, वोढु र पच्चंशिख नारद-शुकादिले सुरू गरेका थिए। याे ब्रह्मयोग मानिसहरू बीचमा ज्ञान, अध्यात्म र सांख्‍य योग नामले प्रसिद्ध भयाे।

उता कर्मयोगकाे परम्परा भने विवस्वानले सुरू गरेका हुन्। विवस्वानले मनुलार्इ, मनुले इक्ष्वाकुलार्इ, इक्ष्वाकुले राजर्षिहरू एवं प्रजाहरूलार्इ योगकाे उपदेश दिए। यी सबैकाे वृतान्त वेद र पुराणहरूमा उल्लेख गरिएकाे पाइन्छ। वेदलार्इ संसारकाे प्रथम पुस्तक मानिन्छ जसकाे उत्पत्ति काल लगभग १०००० वर्ष पूर्व मानिएकाे छ। पुरातत्ववेत्ताहरूका अनुसार योगकाे उत्पत्ति ५००० ई.पू. मा भएकाे हाे। गुरु-शिष्य परम्पराद्वारा योगकाे ज्ञान परम्परागत रूपमा एक पुस्ताबाट दाेस्राे पुस्ता हुँदै चल्दै अायाे ।

भारतीय योग जानकारहरूका अनुसार योगकाे उत्पत्ति भारतमा लगभग ५००० वर्षभन्दा पनि अगाडि नै भएकाे हाे। योगका सम्बन्धमा सबभन्दा आश्चर्यजनक खोज सन् १९२० काे सुरूवातमा भयाे। १९२० मा पुरातत्व वैज्ञानिकहरूले ‘सिन्धु सरस्वती सभ्यता’ लार्इ खोजेका थिए जसमा प्राचीन हिन्दू धर्म र योगकाे परम्परा भएकाे प्रमाण पाइन्छ। सिन्धु उपत्यकाकाे सभ्यतालार्इ ३३००-१७०० बी.सी.ई. पुरानाे मानिएकाे छ।

योग ग्रन्थ याेग सूत्र (Yoga Sutras Books) : वेद, उपनिषद्, भगवद गीता, हठ योग प्रदीपिका, योग दर्शन, शिव संहिता र विभिन्न तन्त्र ग्रन्थहरूमा योग विद्याकाे उल्लेख गरिएकाे पाइन्छ। यी सबैलार्इ आधार बनाएर महर्षि पतञ्जलिले योग सूत्र लेखे। योगमाथि लेखिएकाे सर्वप्रथम सुव्यव्यवस्थित ग्रन्थ हाे- योगसूत्र। योगसूत्रलार्इ पतञ्जलिले 200 ई.पूर्व लेखेका थिए। यस ग्रन्थमाथि हालसम्म हजाराैँ भाष्य लेखिएका छन्। केही उल्लेख्य भाष्यहरू यसप्रकार छन्ः

व्यास भाष्य: व्यास भाष्यकाे रचना काल २००-४०० ईसा पूर्व मानिएकाे पाइन्छ। महर्षि पतञजलि विरचित ग्रन्थ योगसूत्र योगका सबै विद्याहरूकाे ठीक-ठीक संग्रह मानिन्छ। यसै रचनामाथि व्यासजीकाे ‘व्यास भाष्य’ लार्इ योगसूत्रमाथि लेखिएकाे प्रथम प्रामाणिक भाष्य मानिन्छ। व्यासद्वारा महर्षि पतञ्जलिकाे योगसूत्रमाथि दिइएकाे विस्तृत तर सुव्यवस्थित व्याख्या गरिएकाे पुस्तक हाे व्यास भाष्य।

तत्त्ववैशारदी : पतञ्जलि योगसूत्रकाे व्यास भाष्यकाे प्रामाणिक व्याख्याकारका रूपमा वाचस्पति मिश्रकाे ‘तत्त्ववैशारदी’ प्रमुख ग्रन्थ मानिन्छ। वाचस्पति मिश्रले योगसूत्र एवं व्यास भाष्य दुबैमाथि नै अाफ्नाे व्याख्या दिएका छन्। तत्त्ववैशारदीकाे रचना काल 841 ईसा पश्चात मानिएकाे छ।

योगवार्तिक : विज्ञानभिक्षुकाे समय विद्वानहरूले १६अाैं शताब्दीकाे मध्यतिर मानेका छन्। योगसूत्रमाथि महत्वपूर्ण व्याख्या विज्ञानभिक्षुकाे नै प्राप्त भएकाे छ र त्यसकाे नाम ‘योगवार्तिक’ हाे।

भोजवृत्ति : भोजकाे राज्यकाे समय १०७५-१११० विक्रम संवत मानिएकाे छ। धरेश्वर भोजका नामबाट प्रसिद्ध व्यक्तिले योगसूत्रमाथि जुन ‘भोजवृत्ति नामक ग्रन्थ लेखेका छन् त्याे भोजवृत्ति योगविद्वजनहरू बीच समादरणीय एवं प्रसिद्ध मानिन्छ। एजेन्सी