रेडियो माडी आवाजको बैठक सम्पन्न

राेल्पा,माघ ६ – माडी बहुउद्देश्यीय समाज बिकास केन्द्र रोल्पा द्वारा संचालित रेडियो माडी आवाजका अध्यक्ष श्री भरत बहादुर बुढामगरको अध्यक्षतामा बैठक बसि विभिन्न प्रस्तावहरु माथी छलफल गरिएको छ ।

बैठकबाट तपशिल अनुसारको कार्यबिभाजन गरिएको छ। रेडियोको अध्यक्ष तथा स्टेसन मेनेजर – भरत बहादुर बुढामगर (बसन्त मगर )प्रशासनिक प्रमुख – मधु सुधन बुढा ,बजार ब्यबस्थापक (मार्केटिङ मेनेजर ) कमान सिङ बुढा मगर (करुण),कार्यकारी कार्यक्रम प्रबन्धक – बिरसिङ वलि लगायतको जिम्मेवारी विभाजन गरियको छ ।

बैठक बाट नया ब्याबस्थापनका साथ सन्चालन को लागि सम्पुर्ण ब्याबस्थापन को कार्यलाइ तीव्रता दिएर एक हप्ता भित्र नियमित तर्फको कार्यक्रम अगाडी बढाउने गरि तयारी थालिने छ । रेडियोमा केही कर्मचारी तथा कार्यक्रम प्रस्तोता र सम्बाददाता को आवस्यकता रहेकोले यहि माघ १७ गतेदेखि आधारभूत रेडियो पत्रकारिता तालिम सन्चालन गर्ने निर्णय गरेको छ ।