रोल्पाका मेयर केसीको गित ‘रोल्पा नगर संसारकै राम्रो नगर’

रोल्पा । रोल्पा नगरपालिकाका प्रमुख तथा साहित्यकार पूर्ण केसी (पुरण क्षेत्री)ले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । केहीं दिनअघि म्यूजिक भिडियोसहित सार्वजनिक उनको गीतमा रोल्पा नगरपालिकालाई संसारकै राम्रो नगर बनाउने संकल्प गरिएको छ ।

पूर्ण केसीको शब्दमा रहेको उक्त गीतमा जनवादी गायक मोहित श्रेष्ठ र गायिका प्रगति महराले स्वर दिएका छन् । गीतमा राजकुमार बगरको संगीत रहेको छ । कुलदीप न्यौपाने, जनक घर्ती, दिलबहादुर डाँगी र भीम कुमाखीको छायांकनलाई विष्णु डिजिटल मिक्सिङ सेन्टर दाङले सम्पादन गरेको छ ।

नगर प्रमुख तथा साहित्यकार केसीको यसअघि खेलाडीलगायतका गीत लेखेका छन् ।

(म्यूजिक भिडियोसहित)

https://youtu.be/EeBieXvJhE4