लकडाउन जेठ २० गतेसम्म थप्ने निर्णय

काठमाडौं । सरकारले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । प्रधानमनन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लगि थप १५ दिन लकडाउन गर्ने निर्णय गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ। यसअघि भोली(जेठ ५ गते) सम्मका लागि लकडाउन तोकिएको थियो ।

कोराना संक्रमण थप फैलँदै गएकाले सरकाले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो । यसअघि आइतबार दिउँसा बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समिति बैठकले लकडाउनको अवधि बढाउन सरकारलाई सिफारिस गरेको थियो।