वडा कार्यालयमा वम विस्फोट र आग्जनी गर्नेलाई कार्वाहीको माग गर्दै विज्ञप्ति सार्वजनिक

रोल्पा १०, भदौ । वडा कार्यालयमा वम विस्फोट गराई आग्जनी गर्नेलाई कार्वाहीको माग गर्दै विज्ञप्ति सार्वजनिक गरिएको छ । कार्यालय पुर्ण रुपमा नष्ट गर्ने मनसायले आगजनी गर्नेलाई तत्काल नियन्त्रणमा लिन माग गर्दै विज्ञप्ति सार्वजनिक गरिएको हो । गय राती रोल्पाको परिवर्तन गाउँपालिका वडा २ को वडा कार्यालय राङसीमा वम विस्फोट सङ्गै आगजनी भएको थियो । आइतबार मध्यरातमा १२ः३० बजे अज्ञात समुहद्धारा बम विस्फोटनसँगै आगजनी गरिएको थियो ।

आग्जनी गर्नेलाई कार्वाहीको माग गर्दै विज्ञप्ति सार्वजनिकविस्फोटन र आगजनी कसले गरेको भन्ने बारेमा अझै खुल्न सकेको छैन । वम विस्फोट भएको वडा उपराष्ट्रपति नन्द बहादुर पुनको घर भएको वडा समेत हो । गएराती मध्यरातमा ठूलो विस्फोटनको आवाज आए लगत्तै हेर्दा वडा कार्यालयमा बम विस्फोटन र आग्जनी गरिएको वडा अध्यक्ष हरिप्रसाद बुढामगरले जानकारी दिनु भयो । वडा कार्यालयमा स्टिलको बाल्टिन बम प्रयोग गरी वडा कार्यालयको ४ वटा ढोकामा जुटको वोरामा डिजेल राखेर आगजनी गरिरहेको बेलामा स्थानीयले देखेपछि सबै गएर आगो निभाएका थिए । विज्ञप्तिमा विस्फोट र आगजनिमा संलग्नलाई तत्काल खोजविन गरि कानुन बमोजिम कार्वाही गर्न माग समेत गरिएको छ ।

साथै कार्यालयलाई पुर्ण रुपमा आगलागी हुन बाट बचाउने वडा प्रहरी, जनप्रतिनीधि, वडाका कर्मचारी, वुद्धिजिवी, राजनैतिक दल, शिक्षक, विद्यार्थी, लगाएत आम पोखरा वासीहरुलाई धन्यवाद समेत ज्ञापन गरिएको छ ।