वरिष्ठ लोक दोहोरी गायक भगवान भण्डारी र ज्ञानु परियारको स्वरमा लोक दोहोरी गीत ‘फुलमाया’

काठमाडौ बरिष्ठ लोक तथा दोहोरी गायक भगवान भण्डारी तथा रोल्पाली गायिका ज्ञानु परियारको स्वरमा रहेको लोकदोहेरी गीतफुलमाया बजारमा आएको छ । गायक भण्डारीले आफ्नै युट्यूव च्यानल मार्फत गीत बजारमा ल्याएका हुन् ।

सामाजिक मौलिकतालाई झल्काउने शैलीमा तयार पारिएको दोहोरी गीत फुलमायाको शब्द तथा लय श्रृजना भगवान भण्डारीले गरेका छन् । गीतमा जब गाउँघरमा कुनै युवायुवती बीच माया प्रेम बस्छ, तब घर परिवार वा समाजको कारण एक अर्काबाट छुटिनु पर्छ कि भन्ने डरलाई प्रस्तुत गरिएको छ । त्यसैले गीतमा भनिएको छ –डाँडागाउँको फूलमाया साह्रै मन पर्छ¸ अन्तै विहे हुन्छ कि यही मलाई डर छ

समाजमा यस्ता धेरै घटनाहरु छन्, जसमा कुनै केटीले आफुले मन पराएकोसंग बिवाह गर्छु भन्दा परिवारले दवाव दिएर अन्तै बिहे गरिदिने चलन विद्यमान छ। गीतको थेगोलाई निकै रुचाईएको छ।

गीतको भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् भने म्यूजिक भिडियोमा रिना थापा र अनिल थापाको नृत्य अभिनय गरेका छन् । लामो समय देखि अमेरिकामा बस्दै आएका भण्डारीका खैरेनीमा गेट, विग्रीयो चाल पनि,फुलमा भमरा, बनमा काँडा छ, चैतमासको हुरीले डाली लर्कायो, गयौ धोका दिएर,दिलको ढोका बन, तिर्सना जस्ता १ दर्जन भन्दा धेरै गीत सुपरहिट छन्। भने खैरेनीमा गेट लोक तथा दोहोरी गीतमा एउटा कालजयी रचना हो ।

प्राय: बरिष्ठ लोक दोहोरी गायिकाहरुको आवाजमा धेरै गीत बजारमा ल्याइसकेका भण्डारीले यसपालि भने रोल्पाली नव गायिका ज्ञानु परियारलाई गीतमा समावेश गरेका छन् ।

विगत ८¸ ९ वर्षदेखि लोक दोहोरी क्षेत्रमा क्रियाशील गायिका ज्ञानु परियारले यसअघि सहोदर दिदी शान्तिश्री परियारसंग तीज गीतफुलमती चनमती लगायत विभिन्न लोक दोहोरी¸ तीज गीतहरुमा स्वर दिइसकेकी छिन् ।

https://youtu.be/sStajAd0A70