विदेशी सञ्चार-माध्यमले उठाएको हास्य नाटक निकै पुरानो

चीनको परराष्ट्र मन्त्रालयद्बारा डिसेम्बर २३ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा कोही पत्रकारले पहिले चीनको जेलमा बसेका बेलायती पूर्व पत्रकार पेटर हाम्पेरीले हालै एउटा लेख प्रकाशित गर्दै क्रिसमस कार्ड बनाउनका लागि दबाव दिइएको भन्दै शाङहाई छिङ फु जेलका विदेशी कैदीहरूले सहायता खोजिरहेको कुरा दाबी गरेको विषयमा प्रश्न उठाएका थिए।

सो विषयबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले त्यस्तो कुरा हाम्पेरी स्वयमले बनाएको हास्य नाटक रहेको बताउनुभयो। तैपनि उनले यस पटक बनाएको हास्य नाटक निकै पुरानो भएको भन्दै सम्बद्ध विभागसँग जानकारी लिएपछि शाङहाई छिङ फु जेलमा विदेशी कैदीलाई दबाव दिएर श्रमिक कारवाई चलाउने अवस्था नरहेको कुरा पनि प्रवक्ता कङले स्पष्ट पार्नु भएको छ।