विद्यार्थीसंग अध्यक्ष कार्यक्रम अन्तर्गत हिजाे नेपाल राष्ट्रिय मा.वि तेबाङमा सम्पन्न

राेल्पा,पुष ०८ – विद्यार्थीसँग अध्यक्ष कार्यक्रम अन्तर्गत हिजाे नेपाल राष्ट्रिय माध्यामिक विद्यालय तेबाङमा कार्यक्रम सम्पन्न भएको छ ।सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका भित्रका एस.ई.ई.को तयारीमा रहेका विद्यार्थीहरुको समस्याहरु के के रहेका छन् र त्यसको समाधान गर्ने उद्देश्य अनुसार नै यो कार्यक्रम लिइएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो ।

विद्यालयको प्राङ्गणमा पुग्दा तेश्रो घण्टी चलिरहेको थियो अध्यक्ष सहितको टोलि कक्षा १० भित्र प्रवेश गरि, तेश्रो घण्टीमा शिक्षा बिषयको पढाइ चलिरहेको थियो । अध्यक्ष घर्ती सहितको टोलि कक्षा कोठाको प्रवेश गरि विद्यार्थीसँगै बस्नु भयो र शिक्षा विषयको कक्षा लिनु भयो अगाडि शिक्षकले पढाइ नै रहनुभयो ।

चौथो घण्टी लाग्यो र शिक्षकले आफ्नो दैनिक कोर्स अनुसार तेश्रो घण्टी सक्याउनुभयो र शिक्षकलाइ अध्यक्ष सहितको टोलिले सल्लाह र सुझाव दिनुभयो र शिक्षक कक्षा बाहिर निस्कनुभयो ।विद्यालयमा विद्यार्थीसँग अध्यक्ष कार्यक्रमका लागि अनुमति लिदै अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले समग्र कार्यक्रमबारे विद्यार्थीहरुलाई प्रष्ट पार्नुभयो अन्तक्रिया कार्यक्रमको फलर ओपन गर्नुभएको थियो ।

विद्यार्थीहरुले क्रमश आफ्नो जिज्ञासा र समस्याहरु अध्यक्षलाई क्रमश राख्नुभएको थियो र अध्यक्षले विद्यार्थीहरुबाट आएका जवाफहरु प्रष्टसँग दिनुभएको थियो र केहि विद्यार्थीहरुले उठाएको समस्याहरुको समेत समाधान गर्नुभयो उक्त कार्यक्रममा वडा अध्यक्ष मानसिं पुन र नागगरिक दैनिक रोल्पाका पत्रकार दिनेश सुवेदीको समेत उपस्थित रहेको प्रेस संयोजक भारद्धाजले बताउनुभयो ।