विमा जाँगरण अभियान कार्यक्रम हिजाे रोल्पाको लिबाङमा सम्पन्न

राेल्पा,पुष ०९ – विमा जाँगरण अभियान कार्यक्रम हिजाे रोल्पाको लिबाङमा सम्पन्न भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय रोल्पाको आयोजनाका कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथिमा सिताराम कटेल धुर्मुस रहनुभएको थियो । भने कार्यक्रमको बिशिष्ट अथितिमा कुञ्जना घिमिरे सुन्तली, कमलराज गौतम महाप्रबन्धक र रोल्पा नगरपालिकाका नगरप्रमुख पुर्ण के.सी रहनुभएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य सन लाइफ इन्सोरेसन दाङ शाखा प्रमुख मोतिलाल भटटराईले गर्नुभएको आयोजकले बताएकाे छ । कार्यक्रमको उद्देश्य, मानव जिवनको सुरक्षा र आर्थिक बचत रहेको आयोजकले जानकारी दिएको छ । कार्यक्रमको अवसरमा जनबादी गायक झङकार बुढाको प्रस्तुति सहित अन्य स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहेको थियाे । कार्यक्रमकै अवसरमा चितवनका निमार्णधित अन्तराष्टिय गौतमवुद्ध रंगशाला लाई स्थानियहरुले सहयोग समेत गरेका छन ।

कार्यक्रम नरबहादुर घर्ति मगरकाे अध्यक्षतामा सम्पन्न भएको सञ्चालन सन नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ता किरण बुढाले गर्नुभएको आयोजकले जनाएको छ ।