सकृय शान्ती युवा सुमह लुग्री गाउँपालीका ३ सिमगिठाकाे ११ औ वार्षिक उत्सव सम्पन्न

राेल्पा,माघ ८ – सकृय शान्ती युवा सुमहको ११ अैाँ वार्षिक उत्सव सम्पन्न भएको छ । धर्म सस्कृति र कलाको पहिचान खेलकुदमा विकास जेष्ठ नागरिकको सम्मान भन्ने मुलनाराका साथ यहि माघ ४ गते देखी सुरु भएको वार्षिक उत्सव हिजो एक कार्यक्रमका विच लुग्री गाउँपालीका ३ सिमगिठामा सम्पन्न भएको छ ।
समुहका अध्यक्ष प्रेम बहादुर जीसीको अध्यक्षतामा सम्पन्न भएको सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा समुहका संस्थापक अध्यक्ष कुलबहादुर पुन मगर रहनु भएको थियो । वार्षिक उत्सवको अवसरमा पुरुष भलीवल प्रतियोगीता, महिला भलीवल लगाएतका प्रतियोगीतको आयोजना गरिएको थियो ।
पुरुष भलीवलमा २१ टिमले सहभागीता जनाएका थिए । जस्मा प्रथम रङ्गीन फुलबारी युवा क्लब कसला, दितृय आयोजक टिम, तितृय प्रकृति युवा क्लव घोडागाँउ र सान्त्वना तालपोखरी युवा समुह लुग्री ३ जुतुङखोला भएका थिए । त्यस्तै महिला भलीवल प्रतियोगीतामा ७ टिमले सहभागीता जनाएका थिए । जस्मा प्रथम नव विकास युवा समहु लुग्री ३ गोठेचौर, दितृय भुमिस्थान युवा क्लव वाग्मा,तितृय लीस्ने राज्यपोखरी युवा क्वल तेवाङ र सान्त्वना आयोजक टिम भएको आयोजकले जनाकारी दिएको छ ।

कार्यक्रममा स्थान लीने प्रतियोगीहरुलाई मेडल,कप पुरस्कार र प्रमाणपत्र समेत हस्तान्त्रण गरिएको हो ।राष्ट्रिय प्राविका सीमगीठाका शिक्षक ईमान जसीको स्वागत मन्तव्यबाट सुरुभएको समापन कार्यक्रमको सञ्चालन समुहका सचिव चेतमान घर्तिमगरले गर्नुभएको थियो ।्र्र्र्र