सात वटै प्रदेशका प्रमुख हटाइयाे

कार्तिक १७,काठमाडौं– मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यायदेवी भण्डारीले ७ वटै प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी छिन्। आइतबार राष्ट्रपति भण्डारी सबै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गरेकी हुन्।

पदमुक्त हुनेहरुमा प्रदेश १ का प्रा.डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ का रत्नेश्वर लाल कायश्थ, प्रदेश नम्बर ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका बाबुराम कुँवर, प्रदेश नम्बर ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गा केशर खनाल र सुदुर पश्चिम प्रदेशका मोहनराज मल्ल रहेका छन्।

मन्त्रिपरिषदको आज बसेको बैठकले राष्ट्रपति भण्डारीलाई सिफारिस गरेको थियो। राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम पदमुक्त गरेको जनाएको छ।