सुनछहरी गाउँपालिकामा ३० जनालाई र्‍यापिड टेष्ट,रिर्पोट नेगेटिभ

राेल्पा-सुनछहरी गाउँपालिका-३ बाहिरी गाम र ४ स्युरीको विभिन्न ठाउँमा क्वारेन्टाइनमा रहेका ३० जना लाई र्‍यापिड टेष्ट गरिएको छ ।

उक्त परिक्षण जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका डाक्टर अनिल केसी सहितको टिमले सुनछहरी गाउँपालिकाकाे समन्वयमा गरिएको हो । वडा नम्बर ४ स्युरीको झिन्जा गाउको सिद्ध प्राथमिक बिद्यालय क्वारेन्टाइनमा रहेका २४ जना व्यक्तिलाई कोरोना र्‍यापिड परिक्षण गरिएको छ । साथै सबैको रिपोर्ट नेगेटिभ आएको वडा अध्यक्ष खडक बहादुर घर्ती मगरले जानकारी दिनुभएको छ ।

साथै सुनछहरी गाउपालिका वडा नम्बर ३ बाहिरी गामको जनता माध्यमिक बिधालयको क्वारेन्टाइनमा रहेका ६ जनालाई पनि परिक्षण गरिएको छ । वडा अध्यक्ष मोतबहादुर घर्ती मगरका अनुसार उहाँहरू ६ जनाकै रिपोर्ट नेगेटिभ आएको बताउनु भयो । साथै सुनछहरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले जानकारी दिए अनुसार वडा नम्बर दुई भित्रीगाममा २ जना, वडा नम्बर ५ जैमाकसलामा १३ जना वडा नम्बर ६ फगाममा १७ जना र वडा नम्बर सात जेलबाङमा ३ जना गरि ५३ जना क्वारेन्टाइनमा रहेकाछ्न ।