सुनछहरी गाउँपालिका क्वारेन्टाइन व्यवस्थापन अनुगमन समितिद्वारा क्वारेन्टाइन अनुगमन

राेल्पा-सुनछहरी गाउपालिका क्वारेन्टाइन व्यवस्थापन अनुगमन समितिद्वारा क्वारेन्टाइन अनुगमन गरिएकोछ।

सुनछहरी गाउँपालिका वडा नम्बर ४ को नेपाल राष्ट्रिय माध्यमिक बिधालय स्युरी र जनता माध्यमिक बिधालय सुनछहरी गाउपालिका ३ नम्बर वडा बाहिरी गामको क्वारेन्टाइनको अनुगमन गरिएकोछ।अनुगमन कार्यमा सुनछहरी गाउपालिका उपाध्यक्ष एवं क्वारेन्टाइन व्यवस्थापन अनुगमन समितिका संयोजक पबित्रा घर्ती मगर,सुनछहरी गाउपालिका योजना अधिकृत एवं क्वारेन्टाइन व्यवस्थापन अनुगमन समितिका सदस्य सचिव रमेश गिरी,नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङका सभापति एवं अनुगमन समिति सदस्य खिम बहादुर बिष्ट र रोल्पा समाचार राष्ट्रिय साप्ताहिकका प्रतिनिधि एवं अनुगमन समिति सदस्य जुनिस कुमार बिष्टको तिमले अनुगमन गरेको हो।

अनुगमनको क्रममा नेपाल राष्ट्रिय मा. बि स्युरीको क्वारेन्टाइनमा २८ जना महिला र पुरुष ३१ जना गरि जम्मा ५९ जना ब्यक्तिहरु क्वारेन्टाइनमा बसेका छ्न। साथै जनता मा. बि बाहिरी गामको क्वारेन्टाइनमा ८ जना र १९ जना पुरुष गरि २६ जना बसेका छ्न। ती क्वारेन्टाइनमा रहेका ब्यक्तिहरु लाई अनुगमन समितिका सदस्य सचिव एवं गाउपालिका योजना अधिकृत रमेश गिरीले कोरोना भाइरसको विश्वको गतिविधि र गाउपालिकाले गत चैत ११ गते देखि नेपाल भर लक डाउन सुरु भएपछि स्थानीय सरकार सुनछहरी गाउपालिकाले गरिरहेको गतिविधि बारेमा जानकारी गराउनु भएको थियो।

साथै क्वारेन्टाइनमा रहेका ब्यक्तिहरु सङ्ग उक्त अनुगमन तिमले सरसफाइ सम्बन्धि सल्लाह सुझाव दिनुको साथै उनिहरुको समस्या सोध पुछ गरि छलफल गरिएकोछ।साथै क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेकोछ।क्वारेन्टाइनमा बसेका ब्यक्तिहरु लाई खाना बस्नको व्यवस्था गाउपालिकाको सहयोगमा सम्बन्धित वडा कार्यालयहरु गरिरहेको कुरा वडा अध्यक्षहरुले बताउनु भयो।

यस अनुगमन सुनछहरी गाउपालिका सातै वटा वडामा रहेका क्वारेन्टाइनको अनुगमन हुने कुरा समिति सदस्य खिम बहादुर बिष्टले जानकारी दिनु भयो।