स्मिताको ‘चिटिक्कै परि बस’ मा सरोज र आश्मा

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिता दाहाल र टंक बुढाथोकीको स्वर रहेको नयाँ गीत ‘चिटिक्कै परि बस’ को भिडियोसहित सार्वजनिक भएको छ । भिडियोमा ‘कर्टुन क्रु’ का सरोज अधिकारी, आश्मा विश्वकर्मा र दीपिका कार्कीको अभिनय रहेको छ ।
सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत, उदयराज पौडेलको ऐरेन्ज तथा श्याम स्वेत रसाईलीको मिक्सिङ छ । गम्भिर विष्टको कोरियोग्राफी रहेको भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छाँयाकन, रेनिश फागोको रङ संयोजन र अर्जुन जिसीको सम्पादन भिडियोमा रहेको छ ।