हाटबजार सन्चालनका लागि नगरस्तरीय समन्वयात्मक बैठक सम्पन्न

रोल्पा,मङ्सिर १५- लिबाङमा अब हाट बजार सन्चालन हुने भएको छ । रोल्पा नगरपालिकाको लिबाङमा अब विभिन्न सरोकारवालाहरु र कृषक समुहको प्रतिनिधित्व हुने गरी हाटबजार सन्ंचालन समिति गठन हुने भएको हो । हाटबजार सन्चालनका लागि नगरस्तरीय समन्वयात्मक बैठकले सबैको प्रतिनिधित्व हुने गरी हाटबजार सन्चालन समिति गठन गर्ने निर्णय गरेको छ ।

कृषकहरुलाई कृषि उत्पादनमा बढावा दिने, उत्पादित सामाग्रीहरुको संकलन तथा बजारीकरणका लागि स्थानीय तहले पहल थाल्ने निर्णयसहित कार्यक्रमलाई अगाडी बढाइएको नगर प्रंमुख पूर्ण केसीले बताउनुभयो । समिति गठनसँगै हाटबजार सन्चालनमा आएपछि कृषकहरुलाई राहत हुने अपेक्षा गरिएको छ ।
गठन हुने समितिले आचारसंहिता निर्माण गरेर कार्यलाई अगाडी बढाउने भएको छ । रोल्पा नगरपालिकाले रेखदेख, हेरचाह गर्ने गरी  समितिले कार्य अगाडी बढाउने भएको छ ।

नगर प्रमुख पूर्ण केसीको अध्यक्षतामा सम्पन्न भएको समन्वयात्मक बैठकले नगर उपप्रमुख मनकुमारी घर्तीको संयोजकत्वमा १० वटै वडाका कृषकहरु, कृषि ज्ञान केन्द्र, भेटेरेनरी पशु बिज्ञ अस्पताल, प्रधानमन्त्री कृषि आधुनिक परियोजना, उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ लगायत रहने गरी एक समिति गठन गरिने भएको छ ।

कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावित्रा पुन थापा, कृषि ज्ञानकेन्द्र रोल्पाका प्रमुख नरेश धिताल, भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द,्र रोल्पाका प्रमुख सुदाम भट्ट, प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका चुमानसिंह गिरी, रोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्द, नेपाल पत्रकार महासंघ, रोल्पाका अध्यक्ष महेश न्यौपाने लगायतले शुभकामना मनतब्य दिनुभएको थियो ।

रोल्पा नगरपालिका कृषि शाखाका प्रमुख महेन्द्र पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्चालन नगर प्रेस संयोजक देवी गुरुङले गर्नुभएको थियो ।
कार्यक्रममा रोल्पा नगरपालिकाकां १० वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, विभिन्न कृषि समुह तथा सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरु, मकै जोन सन्चालक समितिका अध्यक्ष लगायत विभिन्न सरोकारवालाहरुको सहभागितामा बैठक सम्पन्न भएको प्रेस संयोजक देवी गुरुङले जानकारी दिनुभएको छ ।